बिरौटाको सडक अस्तव्यस्त भएपछि ठेकेदारलाई विप्लव घटकको चेतावनी
पाेखरा | माघ ११, २०७९
पोखराको सिद्धार्थ राजमार्ग अन्तरगत वडा नम्बर १७ को बिरौटा खण्डमा निर्माणाधीन सडक अस्तव्यस्त भएपछि विप्लव नेतृत्वको नेकपा समर्थित घटक युवा संगठन नेपाल एक्सनमा उत्रिएको छ ।
संगठनले मंगलबार वडा कार्यालय र पोखरा महानगरपालिकालाई यस विषयमा ध्यानाकर्षण गराउँदै मेयर धनराज आचार्य र वडाध्यक्ष राधिका शाहीलाई ज्ञापनपत्र बुझाएको छ ।
संगठनका कास्की अध्यक्ष युवराज सी को नेतृत्वमा पत्र बुझाउँदै थपिएको एक वर्षमा पनि सडक पुरा नभएकोमा सम्बन्धित पक्षलाई सचेत गराइएको छ ।
उक्त सडक खण्ड पुरा गर्न आगामी साउनसम्म थप समय दिइएको छ । तर हालसम्म ५० प्रतिशत काम पनि नभएको भन्दै संगठन विरोधमा उत्रन बाध्य भएको पार्टीका कास्की सचिव काजी सी ले जानकारी दिए ।
बिरौटा–छोरेपाटन सडक खण्डको ठेक्का सिंह एण्ड ब्रदर्श विश्वास राम सागर जेवि काठमाडौं कन्स्ट्रक्सन कम्पनीले पाएको छ ।
निर्धारित समयभित्र काम पुरा नभए कम्पनीविरुद्ध जस्तोसुकै आन्दोलन गर्न संगठन तयार रहेको अध्यक्ष युवराजले जनाएका छन् ।
सडक निर्माणमा ढिलासुस्ती भएपछि अघिल्लो हप्ता स्थानीयवासीले वडा कार्यालयअघि प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा ३ जना पक्राउ परेका थिए ।
पोखरा: प्रधानमन्त्री कप (पिएम कप) कास्की जिल्ला क्लबस्तरीय एक दिवसीय क्रिकेटमा शनिबार २ खेल सम्पन्न भएका छन् । पोखरा र लेखनाथस्थित क्रिकेट मैदानमा भएको खेलमा लेखनाथ र अरण्यज्योतिले आ–आफ्नो खेलमा जित हासिल गर...
बागलुङ: हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा हिमपात हुँदा अवरुद्ध भएको थियो । लोकमार्गमा बाक्ल...
पोखरा: पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सव उत्सव र पर्वकै रुपमा हेरिन थालिएको छ । आयोजक युनाईटेड क्लबले स्थापना कालदेखिनै हरेक पुषको अन्तिम साता देखि माघको पहिलो हप्ता सम्म पोखरा महोत्सवको आयोजना...

